नियम
निरीक्षण, जाँचबुझ र खानतलासी गर्ने तरिका तथा कार्यविधि

नियम ३ अन्तर्गत कुनै ठाउमा गई निरीक्षण, जाचबुझ वा खानतलासी गर्नको लागि निरीक्षकले सम्बन्धित औषधि धनी वा निजको प्रतिनिधिको अनुमति नलिई निरीक्षण, जाँचबुझ र खानतलासी गर्न पाउने छैन ।

तर, त्यस्तो अनुमति लिन नसकेको वा अनुमति नदिएको अवस्थामा निरीक्षकले समयले भ्याएसम्म गाउ विकास समिति वा नगरपालिकाको एकजना प्रतिनिधि वा नजिकको कुनै सरकारी कार्यालयको एकजना कर्मचारी साक्षी राखी साधारणतया सूर्योदय भएदेखि सूर्यास्त नभएसम्मको अवधिभित्रको जुनसुकै समयमा त्यस्तो निरीक्षण, जाचबुझ र खानतलासी गर्न सक्नेछ ।